९ कार्तिक २०८३, आइतबार

दोलखाको जिरी नगरपालिकामा गठबन्धनलाई अग्रता

  • १ जेठ २०७९, आइतबार
Image

दोलखा । दोलखाको जिरी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनका उम्मेदवार लाक्पा शेर्पाले ११ सय २५ मत पाउँदै अग्रता लिएका छन् । नगरपालिकाको १, २ र ३ वडाको मत गणना भइरहँदा उनले अग्रता लिएका हुन् ।

यस्तै, उनका प्रतिस्पर्धी तथा नेकपा एमालेका मित्रबहादुर जिरेलले ७२९ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार किरणबहादुर खड्काले ६ मत पाएका छन् ।

यस्तै, अहिलेसम्म ४८७ मत बदर हुँदा स्वतन्त्र उम्मेदवार गेल्बु शेर्पाले ७०९ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर