८ कार्तिक २०८३, शनिबार

केशव स्थापितभन्दा ३ हजार बढी मतले बालेन शाह अगाडि

  • २ जेठ २०७९, सोमबार
Image

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग ३ हजार बढी मतान्तर कायम राखेका छन्।

सोमबार दिउँसो २ बजेसम्म बालेन शाहले ७ हजार ८९ मत प्राप्त गरिसकेका छन्। 

यस्तै एमालेका स्थापितले ३ हजार ६४६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३ हजार ३०० मत पाएकी छन्।   

त्यस्तै काठमाडौंको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चार गुणा बढी मत प्राप्त गरेकी छन्। डंगोलले ६३४६ मत पाएकी छन्। 

गठबन्धनकोतर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १७८४ मत पाएका छन्।

यो मत डंगोलको भन्दा चार गुणा कम हो। उनीहरूबीच चार हजार ५६२ मतको अन्तर छ। 

अहिलेसम्म वडा नम्बर १ र २को गणना सकिइसकेको छ। 

वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को गणना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर