९ कार्तिक २०८३, आइतबार

शहीद लखन गाउँपालिकामा माओवादी विजयी

  • २ जेठ २०७९, सोमबार
Image

गोरखा- गोरखाको शहीद लखन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रमेश थापा र उपाध्यक्षमा माओवादी केन्द्रकी इन्दिरा तिवारी विजयी भएका छन् । दुवै जना दोस्रो कार्यकालका लागि विजयी बनेका हुन् ।

थापाले ५ हजार चार सय ७४  मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण लामिछानेले ४ हजार ४ सय ३२ मत ल्याए। त्यस्तै उपाध्यक्षमा विजयी बनेकी माओवादी केन्द्रकी तिवारीले ४ हजार ९ सय ९६ मत ल्याइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४ सय ३२ मत मत ल्याएकी छिन् । ९ वडा रहेको शहिद लखन गाउँपालिकामा एक वडामा एमाले, चार/चार वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर