९ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा ३६ सय मतले अगाडि

  • २ जेठ २०७९, सोमबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितभन्दा ३ हजार ६ सय ५८ मतले अगाडि छन्।

अहिलेसम्मको मतपरिणाम अनुसार बालेनले ७ हजार ७ सय ७१ मत पाएका छन् । केशव स्थापितले ४ हजार १ सय १३ मत ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ५ सय ७३ मत पाएका छन्।

बालेनले मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका छन् । अहिले ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर