काठमाडौं- वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ। मंगलबार बिहान ७ बजेसम्ममा २३९ पालिकाको नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेसले १०९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। यस्तै नेकपा एमालेले ६४, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन्। स्वतन्त्रलगायत अन्य ८ उम्मेदवारले पनि विभिन्न पालिकामा जित हासिल गरेका छन्।
मंगलबार ७ बजेको परिणामअनुसार कांग्रेसले २०५ स्थानमा अग्रता लिएको छ भने एमालेले १२२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६४, नेकपा एकीकृत समाजवादीले १८, र जसपाले २७ स्थानमा अग्रता बनाएका छन्। लोकतान्त्रीक समाजवादीले ११ स्थानमा अग्रता लिएको छ। र, अन्यले २० स्थानमा अग्रता लिएका छन्।
उपप्रमुख/उपाध्यक्षतर्फ कांग्रेसले १०९, एमाले ६५, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन्। यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन्।
उपप्रमुख/उपाध्यक्षतर्फ पनि कांग्रेसले १६७ स्थानमा अग्रता लिइरहेको छ। नेकपा एमालेले १४९, माओवादी केन्द्रले ८४, एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टी नेपालले २७, लोकतान्त्रीक समाजवादी पार्टी नेपालले ९ र अन्यले १४ स्थानमा अग्रता कायम गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation