९ कार्तिक २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराती

  • २७ वैशाख २०८०, बुधबार
Image

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री किरातीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने स्पष्ट पारेका हुन्।

उनले भने, ‘भ्रष्टाचार विरुद्धको अभियान राज्यले सुरु गरेको छ। आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन। भ्रष्टाचारविरुद्धको यो अभियान रोकेर रोकिँदैन। जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ। जसले लगाउन खोज्छ त्योमाथि पनि प्रश्न उठ्छ। जनताको अगाडी दूधको दूध पानीको पानी हामीले हाम्रो भूमिका देखाउनुपर्छ। सरकार डगमगाउनु हुँदैन। मलाई लाग्छ सरकार ढल्दैन। यो सरकार जसले भ्रष्टाचारको विरुद्धमा जेहाद छेडेर जान्छ। त्यसलाई जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ। त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन ।’

मन्त्री किरातीले पशुपतिमा निःशुल्क शव जलाउने प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर