काठमाडौं । नेपाली कांग्रेसले सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
कांग्रेस उम्मेदवार नागेन्द्रप्रसाद यादवले ९०७८ मतसहित मेयर जितेका हुन्।
उनले जसपाका मेयर उम्मेदवार निरसल साहलाई हराएका हुन्। साहले ४६३९ मत ल्याएका छन्।
यस्तै कांग्रेसले उपमेयर पनि जितेको छ।
यहाँ कांग्रेसकी शकुन्तलादेवी साहले उपमेयर जितेकी हुन्। उनले ५१४३ मत ल्याएकी छन्।
उपमेयरमा जसपाकी पानो देवी पराजित भइन्। उनले ५१३९ मत ल्याएकी छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation