काठमाडौं । नेपाली कांग्रेसले दोलखाको कालिन्चोक गाउँपालिका अध्यक्ष जितेको छ।
कांग्रेस उम्मेदवार अर्जुनप्रसाद शिवाकोटी गाउँपालिका अध्यक्षमा विजयी भए। उनले ५१२३ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार गणेश शिवाकोटी पराजित भए। उनले ३९३० मत ल्याएका छन्।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रले जितेको छ।
माओवादी उम्मेदवार कुलबहादुर बुढाथोकी विजयी भए। उनले ५१४५ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार रहेकी कविता थामी ४१४६ मतसहित पराजित भइन्।
यो पालिकामा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation