इटहरी । सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा आश नारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका महेश दत्तलाई ३ हजार बढी मतले पराजित गर्दै आश नारायण चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले ८ हजार ९०१ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी दत्तले ५ हजार ३५० मात्र मत पाए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी साहले ७ हजार ८१५ मत पाउँदा कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मात्र मत पाइन् ।
२०७४ को निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation