काठमाडौं- नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले ट्रान्सजेन्डरले नागरिकता पाउन भोग्ने झन्झटिलो प्रावधान हटाउनुपर्ने बताएकी छन्।
आइतबार ब्लू डायमण्ड सोसाइटीका प्रतिनिधिहरुसँग भेट गर्दै लैंगिक र यौनिक अल्पसंख्यक समुदायले सामना गर्नुपरेको चुनौतीहरूको बारेमा छलफल गरेको बताएकी छन्।
उनले लैंगिक विविधता भएको समुदायले नागरिकतामा आफ्नो लिंग र नाम परिमार्जन गर्न प्रमाण देखाउनुपर्ने उल्लेख भएकाले प्रस्तावित नागरिकता विधेयक त्रुटिपूर्ण रहेको बताएकी छन्। उनले भनिन्, 'मैले यो कुरा थापहा पाएपछि मलाई धेरै दुःखी र गम्भीर बनाएको छ। जबकि हामी महिला र पुरुष, नागरिकता पाउन प्रमाण देखाउनु पर्दैन तर ट्रान्सजेन्डरले नागरिकता पाउन प्रमाण किन देखाउनुपर्ने?'
उनीहरुले नागरिकता संशोधनको प्रक्रियामा पुरै शरीर देखाउनुपर्ने गुनासो गरेको उल्लेख गर्दै भनिन्, 'हामी सबैले यो पुनरावृत्ति प्रावधानको बारेमा गम्भीर भई यसको पुनरावलोकन हुन जरुरी छ।'
प्रधानमन्त्री पत्नीसमेत रहेकी आरजुले प्रमाण देखाउनुको सट्टा आत्मनिर्णय बढी सान्दर्भिक र महत्त्वपूर्ण रहेको बारे जानकारी गराउँदै सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहेको बताएकी छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation