८ कार्तिक २०८३, शनिबार

कैलारी गाउँपालिकामा कांग्रेस निर्वाचित

  • ५ जेठ २०७९, बिहिबार
Image

धनगढी- कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन्। चौधरीले १० हजार ४९२ मत प्राप्त  गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरीले छ  हजार ४३० मत प्राप्त गरेका हुन्।

यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेका छन्  भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरिन् ।

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो। यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर