लोक कलम सम्वाददाता
काठमाडौँ, १२ जेठ ।
सत्तासिन नेपाली काँग्रेस(नेका) सँग सत्ता भोगबाहेक कुनै नीति र योजना नहुनुको साथै देशको हितमा कुनै नीति र कार्यक्रम प्रस्तुत गर्न नसकेको कुरा नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता रहेका पूर्व प्रधानमंन्त्री केपी शर्मा ओलीले बिहिवार प्रतिनिधि सभामा बोल्दै सो कुरा बताएका हुन् ।
नेका सँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति र कार्यक्रम छैन,ु ओलीले भने, मार्गचित्र हुने कुरै भएन । नेकासँग एमालेले अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई हटाउने आँट पनि छैन । संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाइदिए हुन्छ ।
उनले नेकाको नियत भनेको सरकारमा जाने र कसरी टिकाउने भन्नेमात्रै मात्रै रहेको पनि बताए । नेकाको नीति नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउनेमात्रै हो,उनले भने, आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने नेकाको खान्दानी सिद्धान्त हो । अर्काको एजेन्डालाई थाहा नपाएजस्तो गरेर उपयोग गर्ने विशिष्ट क्षमता कांग्रेसमै छ । अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation