लोक कलम सम्वाददाता,
काठमाडौँ, १३ जेठ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ०७९–८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव परेको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation