९ कार्तिक २०८३, आइतबार

नेपालको स्कटल्याण्ड र नामिबियासँगको सिरिजको तालिका सार्वजनिक

  • १८ जेठ २०७९, बुधबार
Image

काठमाडौँ । आईसीसी विश्वकप छनोट लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको एक दिवसीय त्रिकोणात्मक सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्ड भ्रमण गर्नेछ। 

लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्ड र नामिबियासँग खेल्ने तालिका छ। अमेरिका र ओमानसँगको सिरिजका लागि नेपाली टोली अहिले अमेरिकामा छ। 

आगामी १० जुलाई देखि स्कटल्याण्डमा सुरु हुने सिरिजको पहिलो खेलमा नेपालले ११ जुलाईमा नामिबियासँग खेल्ने तालिका छ। १३ जुलाईमा स्कटल्याण्डसँग तथा १६ जुलाईमा नामिबियासँग खेल्ने आईसीसीले जनाएको छ। सिरिजको अन्तिम खेलमा नेपालले १७ जुलाईमा घरेलु टोली स्कटल्याण्डसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ। 

त्रिकोणात्मक सिरिजमा नेपालको अवस्था 

लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले अहिलेसम्म १२ खेल मात्र खेलेको छ।

सिरिजमा सबैभन्दा कम खेल खेल्ने नेपाल एक्लो टोली हो। नेपालले खेलेका १२ खेलमध्ये ६ खेलमा जित र ६ खेलमा हार भोगेको छ। १२ अंक भएको नेपाल तालिकाको छैटौँ स्थानमा छ। 

नेपाल र अमेरिकासँगको सिरिजपछि ओमानले लिग–२ का सबै खेल खेलिसक्ने पहिलो टोली बन्नेछ। ओमानले ३२ खेलमा १९ मा जित र ११ खेलमा हार भोगेको छ। ३२ खेलबाट ४० अंक भएको ओमान अंकतालिकाको शीर्ष स्थानमा छ। 

१९ खेल खेलेको स्कटल्याण्ड १३ खेलमा जित निकाल्दै २८ अंक जोडेर दोस्रो स्थानमा रहँदा समान खेलबाट २२ अंक बनाएको संयुक्त अरब इमिरेट्स (यूएई) २२ अंकमा तेस्रो स्थानमा छ। 

१८ खेल खेलेको अमेरिका १६ अंकमा चौथो स्थानमा रहँदा १४ खेल खेलेको नामिबिया १४ अंक नै बनाएर पाँचौ स्थानमा छ।

सिरिजमा २० खेल खेलेको पपुवा न्युगिनी २ अंक बनाएर तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर