८ कार्तिक २०८३, शनिबार

एकीकृत समाजवादीले गर्‍यो नयाँ मन्त्रीको नाम सिफारिस, कुन मन्त्रालय कसलाई ?

  • २२ जेठ २०७९, आइतबार
Image

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ। आइतबार बसेको  पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने निर्णय गरेको एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले जानकारी दिए।

सचिवालय बैठकले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएको छ। नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको नेता पौडेलले जानकारी दिए।

सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ। खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए भने कुँवर राष्ट्रिय सभाका पूर्व सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर