९ कार्तिक २०८३, आइतबार

आइतबारको बिदा खारेज गर्ने सरकारको निर्णय

  • २३ जेठ २०७९, सोमबार
Image

काठमाडौं- सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार पनि दिने गरिएको बिदा खारेज गर्ने निर्णय लिएको हो। आगामी असार १ देखि सरकारको यो निर्णय लागू हुनेछ।

यसअघि पेट्रोलियम पदार्थमा रहेको अर्बौं घाटा कम गर्ने भन्दै सरकारले गत जेठ १ गतेदेखि लागु हुने आइतबार पनि सार्वजनिक बिदाको निर्णय लिएको थियो। हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो।

त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए। हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएका थिए। ​

प्रतिक्रिया

सम्बन्धित खवर