९ कार्तिक २०८३, आइतबार

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

  • १७ असार २०८०, आइतबार
Image

काठमाडौं- श्री एयरलाइन्स प्रालिले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ। उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले  प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए। शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो।

सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ। सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर