९ कार्तिक २०८३, आइतबार

स्थानियको अवरोधका कारण फोहोर बोकेका ट्रक चालकहरु बञ्चरेडाँडा जान मानेनन

  • २६ जेठ २०७९, बिहिबार
Image

लोक कलम सम्वाददाता,

काठमाडौँ, २६ जेठ । 

बुधवार  स्थानीयले गरेको अवरोधका कारण फोहोर बोकेका ट्रक चालकहरु सो तर्फ जान मानिरहेका छैनन । ट्रकहरुलाई सुरक्षाकर्मी सहित पठाउने तयारी भै रहेको कुरा काठमाडौँ महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले बताइन । 

बुधवार गाडीहरु तोडफोड भएपछि ‘चालकहरू त्यसतर्फ जान मानेका छैनन त्यसको लागि उनीहरु सँग  छलफल भइरहेको छ तर आज उनीहरु जान मान्छन् प्रमुख राई भनिन ।  मंगलबार र बुधबार दिनभर बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि मुठभेडको अवस्था सिर्जना भएको थियो ।

४ जना स्थानीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । केही प्रहरी घाइते समेत भएका थिए।  स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।



प्रतिक्रिया

सम्बन्धित खवर