काठमाडौं- पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन्।
उनले दलको नाम तीन पटक उच्चारण गरेका थिए। उनले घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताए।
लामिछानेले स्वतन्त्र अभियानमा रहेकाहरुलाई आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरे। उनले त्यसक्रममा आफैंले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराएको उनले बताएका छन्।
लामिछानेले दलमा आउनेहरुलाई स्वागत गरिने बताए। क्षमतावान व्यक्तिहरुलाई, स्वतन्त्र उम्मेदवार भएकालाई खुला हृदयले स्वागत गर्न चाहेको उनले बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation