८ कार्तिक २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत

  • १७ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन्।

यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए। उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन्।

उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिइन्। प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर