काठमाडौं- सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
विवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो जसका विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर, अदालतले भने पुनःमतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation