काठमाडौं- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो।
भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो । यी सबै नेता तत्कालीन नेकपाको सचिवालयमा थिए।
भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायतका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनका अनुसार नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation