९ कार्तिक २०८३, आइतबार

रामेछाप दुर्घटना अपडेट : थप तीन जनाको धुलिखेल अस्पतालमा मृत्यु

  • २१ असार २०७९, मङ्गलबार
Image

काठमाडौं - रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। 

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो। 

अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताए। 

३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। 

बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए। दुर्घटनामा २१ जना घाइते छन्।

प्रतिक्रिया

सम्बन्धित खवर