काठमाडौं- क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) घरेलु टोलीको सामना गर्दैछ। पहिलो एकदिवसीय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो।
नेपालले क्यानमा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ। पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो।
यअसघि नेपालले क्यानडामा दुई अभ्यास खेल खेलेको थियो । एकदिवसीय र ट्वान्टी–२० दुबै अभ्यास खेल नेपालले जितेको थियो। किङ सिटी रंगशालामामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
नेपालले दोस्रो खेल बुधबार खेल्नेछ। क्यानडाविरुद्धको खेलपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation