काठमाडौं- उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन्। न्यायपरिषद्को बैठकले शाहलाई बर्खास्त गर्ने निर्णय गरेको परिषद्का सदस्य एवम् कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले जानकारी दिए।
उनको अयोग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्य ठहर गरेको हो। न्यायाधीशका लागि कानून व्यवसायमा निरन्तर लागिरहेको हुनुपर्नेमा सो योग्यता नपुगेको देखिएपछि परिषद्ले बर्खास्तीका लागि सिफारिश गरेको थियो। न्यायपरिषद्ले सिफारिश गरेकै दिन कामु प्रधानन्यायाधीश कार्कीले साहलाई बर्खास्त गरेका हुन् ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत शाह योग्यता नै नपुगेकी शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको थिइन्। उनी पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी हुन्। लामो समय सीटीइभिटीमा कार्यरत रहेकी उनी पहुँचकै आधारमा न्यायाधीश भएकी थिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation