८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

  • २६ असार २०७९, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार उनीहरुबीच संवाद जारी छ । लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

लिउ देउवालाई भेटेपछि परराष्ट्रमन्त्री खड्कालाई भेट्न सिंहदरबार आउनेछन्। त्यसपछि आइतबार बेलुकी साढे ६ बजे खड्काले लिउलाई सम्मानमा रात्रिभोज दिँदैछन्। विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ।

त्यसपछि उनले सोमबारै ओलीलाई बालकोटमा गएर भेट्ने छन्। दाहाल, नेपाल र खनाललाई भने लिउले होटलमा भेट्ने कार्यक्रम रहेको छ। तर, कुन होटलमा भेट्ने भन्नेबारे सार्वजनिक गरिएको छैन।

लिउले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि उनले माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ। लिउ बिहीबार वेइजिङ फर्कनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर