काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले पुरुषले विदेशी रोजेको श्रीमतीलाई तत्काल नागरिकता आउने, तर विदेशी ज्वाइँले नागरिकता नपाउने भन्दै प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमा समानताको प्रावधान नसमेटिएकाले तत्काल फिर्ता गर्न माग गरेका छन् ।
उनले यस विधेयकमा समानताको प्रावधान नसमेटिएको बताए ‘नेपालको संविधान ७२ मा आएको छ । यो विधेयक २०६३ लाई संशोधन गर्न आएको हो । तर, यसमा संविधान आएपछि प्राप्त समावेशी समानताको प्रावधान समेटिएको छैन,’उनले भने ।
नागरिकता बेलाबेला खुल्ने टेन्डर नभएको भन्दै उनले अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयकले ती विषय समेटेको उल्लेख गरे । सोही कारण अहिलेको विधेयक फिर्ता लिनुपर्ने उनको भनाइ छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation