काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वमपन्थी शक्तिहरूबीच तालमेलको प्रस्ताव गरेका छन्।
काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।
‘बामपन्थी शक्तिहरू दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation