९ कार्तिक २०८३, आइतबार

दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, ३ बेपत्ता

  • ७ साउन २०७९, शनिबार
Image

एजेन्सी- इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीन जना अझै बेपत्ता छन्।

इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी भलिपुरले ८९ जना फसेको  र त्यहाँ उद्धारकार्य जारी रहेको बताएका छन्। त्यसैगरी अर्ध-आधिकारिक मेहर समाचार एजेन्सीसँग कुरा गर्दै इस्टाबानका गभर्नर युसेफ कारगरले फेला पारिएका शवमध्ये १३ जनाको पहिचान भइसकेको जानकारी दिएका छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रमा फसेका ५५ जनाको उद्धार गरिएको  छ र उद्धार कार्य जारी रहेको छ। गभर्नरले शुक्रबार साँझ भारी वर्षा हुनुअघि  सम्भावित जोखिम बारे कडा चेतावनी जारी नगरेको भन्दै इरानको मौसम विज्ञान सङ्गठनलाई दोषी देखाएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर