९ कार्तिक २०८३, आइतबार

कागेश्‍वरीमा मेयर उपेन्द्र बने नगरपालिका संघ बागमती प्रदेश संयोजक

  • ९ साउन २०७९, सोमबार
Image

काठमाडौं- नेपाल नगरपालिका संघ बागमती प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की निर्वाचित भएका छन्। बागमती प्रदेशका जनप्रतिनिधिहरुको काठमाडौंमा भएको भेलाबाट बागमतीको संयोजकमा कार्कीलाई निर्वाचित गरेको हो। 

कार्कीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। संघको बागमती प्रदेश सह-संयोजकमा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी निर्वाचित भएका छन्।

संघको बागमती प्रदेश सदस्यहरुमा नागार्जुन नगरपालिकाका उपपमेयर सुशिला अधिकारी, कमलामाई नगरपालिकाका उपपमेयर मञ्जु देवकोटा, चाँगुनारायण नगरपालिकाका मेयर रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपपमेयर बिमला सापकोटा, बिदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, कमलामाई नगरपालिकाका, मेयर उपेन्द्र पोखरेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, बाह्रबिशे नगरपालिकाका उपमेयर मञ्जु तामाङ, दक्षिणकाली नगरपालिकाका उपपमेयर बसन्ती तामाङ डंगोल र गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर