काठमाडौं- साइनिङ्ग नेपाल फाउन्डेसन भण्डारखाल ब्याडमिन्टन समुहको आयोजनामा काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा १ दिने निःशुल्क आँखा तथा स्वास्थ्य चेकजाँच शिविर सञ्चालन हुने भएको छ।
शिविर म्याट्रिका आइ सेन्टर र फ्रन्टलाइन हस्पिटलको सहयोगमा शिविर सञ्चालन हुन लागेको हो। शिविरमा आँखा जाँच, मोतिविन्दुको शल्यक्रिया सेवा निःशुल्क प्रदान गरिनेछ।
आँखाको औषधीसमेत निःशुल्क रुपमा प्रदान गरिने आयोजक समितिका सदस्य शिव मंग्रातीले जानकारी दिए। यस्तै शिविरमा मधुमेह रोगको चेकजाँच गरिनुका साथै स्वास्थ्यको सामान्य चेकजाँच पनि गरिने आयोजकले जनाएको छ। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation