८ कार्तिक २०८३, शनिबार

सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : उद्योगमन्त्री बडू

  • १४ साउन २०७९, शनिबार
Image

काठमाडौं- सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताएका छन्।

नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पुँजी र बाह्य पुँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको पनि बताए।

सरकारले चलाइरहेका उद्योगहरु पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरुको पनि संचालनका लागि सरकारले उद्योगमैंत्री वातावरण निर्माण गरिरहेको दाबीसमेत गरे। उनले सरकार र निजी क्षेत्र मिलेर अघि नबढने हो भने फेरि पनि चिन्ता गरेर बस्नुको विकल्प नहुने बताए।

मन्त्री बडूले सरकारले संचालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा संचालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताए। उनले निर्यात बढाउने कामका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर