९ कार्तिक २०८३, आइतबार

निर्वाचन घोषणापछि सत्ता गठबन्धनको बैठक बस्दै, सिटको बाँडफाँटबारे छलफल

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ। आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो। बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय  गरेको थियो।

निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँटको मोडालिटीबारे छलफलमा जुटेका छन्। चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो। ०७४ मा  जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ।

सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि आज कार्यदल बनाउने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ।

गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ। त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले बताए। सीट बाँडफाँड र गठबन्धनको साझा धारणासँगै प्रधानमन्त्री, राष्ट्रपति,  उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर