८ कार्तिक २०८३, शनिबार

बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौं : सांसद भट्टराई

  • २३ जेठ २०८०, मङ्गलबार
Image

काठमाडौं- सांसद योगेशकुमार भट्टराईले आर्थिक संकटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन्। प्रतिनिधि सभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक संकटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिए।

‘अन्य मुलुकले आर्थिक संकटको अवस्थामा बृहत् आर्थिक सम्मेलन गर्ने गरेका छन्। सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र र विकासका साझेदारको सहभागितामा बृहत् गोलमेच सम्मेलन गरौं,’ उनले भने, ‘त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो रु त्यसको साझा अवधारणा बनाऊँ । त्यो कांग्रेस वा एमालेको अवधारणा हुँदैन, मुलुकको अवधारणा हुन्छ । हिम्मत गर्नुस्, प्याराडाइम सिफ्ट गर्नुस् मन्त्रीज्यू !’

सांसद भट्टराईले आगामी बजेटले कुनै गन्तव्यलाई निश्चित नगरेको र आजको चरम आर्थिक संकटलाई यसले अनुभूत नगरेको बताए। उनले सरकारले खर्च कटौतीको घोषणा गरे तापनि चालू आवको तुलनामा आउँदो वर्षका लागि ९८ अर्ब चालू खर्च बढाएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर