९ कार्तिक २०८३, आइतबार

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन्। फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन्।

‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनी लेख्छिन्।

‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उनले लेखेकी छिन्।

आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी भएको जनाएकी छन्। भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर