रुपन्देही- रुपन्देहीमा ५ प्रतिनिधि सदस्य लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै १० प्रदेश सभा सदस्यको लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन्। डा. निकलेश भुसालदेखि घनश्याम भुसालसम्म स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले परित्याग गरेका भुसाल गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन्।
सबैभन्दा बढी उम्मेदवारी दर्ता क्षेत्र नम्बर ३ मा भएको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अध्याय राज भण्डारीका अनुसार क्षेत्र १ मा प्रतिनिधिसभामा २० र प्रदेशसभामा २३ जनाको उम्मेदवारी परेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation