काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए। खड्का घरमै आराम गरिरहेका छन्। उनको स्वास्थ्य अहिले सामान्य रहेको छ।
विगत एक सातादेखि उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation