८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय क्रिकेट टोलीमा ज्ञानेन्द्रको पुनरागमन

  • २४ साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अर्जुन साउदलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँगको टि–२० आई र एक दिवसीय सिरिजका लागि अन्तिम टोलीको घोषणा गरेको छ।

क्यानले मंगलबार घोषणा गरेको टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, साहव आलम, विवेक यादवले पुनरागमन गरेका छन्। तीन खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा अर्जुन साउदले पहिलो पटक टोलीमा स्थान बनाएका छन्।

अर्जुन सुदूरपश्चिमबाट खेल्दै आएका छन्। क्यानले पछिल्लो समय नियमित टोलीमा स्थान बनाएका ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारीलाई टोली बाहिर राखेको छ।

नेपाली क्रिकेट टोलीले २५ अगष्टदेखि ५ सेप्टेम्बरसम्म केन्यासँग पाँच टि–२० आई र तीन एक दिवसीय अभ्यास  खेल्नेछ। 


प्रतिक्रिया

सम्बन्धित खवर