काठमाडौं- नेकपा एकीकृत समाजवादीले आगामी संघीय निर्वाचन लक्षित गर्दै चार निर्णय गरेको छ। आज बसेको एकीकृत समाजवादीको ३४ औं सचिवालय बैठकले घोषणापत्र मस्यौदा तयार गर्ने लगायतको जिम्मेवारी दिएको छ।
पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा विजय पौडेललाई दिने निर्णय गरेको छ।
त्यस्तै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिन निर्णय गरेको छ।
तेस्रो निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मेवारी दिएको छ। त्यसै गरि बैठकले दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation