काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्नका लागि सामूहिक प्रार्थना हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार दिउँसो २ बजे नेपाल सांस्कृतिक संघ,कालिकास्थानमा सामूहित प्रार्थना हुने भएको हो।
वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक गिरी क्यान्सर रोगबाट ग्रसित भइ मेडीसिटी अस्पताल भैंसेपाटीको आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
उनको शिघ्र स्वास्थ्य लाभको प्रार्थनाको लागि नेपाली कांग्रेस वैचारिक अभियानको अग्रसरतामा सामूहित प्रार्थना हुने भएको हो।
गिरीलाई निमोनिया देखिएपछि गत शुक्रबार नेपाल मेडिसिटी अस्पताल लगिएको थियो। उनी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात नेपाल फर्किएका थिए। तर नेपाल आउने बितिक्कै निमोनिया देखिएपछि गिरी अस्पताल भर्ना भएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation