चितवन- चितवनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ। नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक हिजो साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना६ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक तनहुँ जिल्ला भानु नगरपालिका ८ निवासी बर्ष ३८ को सन्जिव रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation