काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिका लगायतका चार मुलुकका राजदूतसँग भेटवार्ता भएको छ।
अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतसँग बुधबार दिँउसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेको बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेका हुन्।
सरकारले गम्भीर मानव अधिकार हननमा संलग्नहरुलाई आममाफी दिनेगरी कानुनको मस्यौदा संसदमा लगिरहेको अवस्थामा पश्चिमाहरुको सक्रियता बढेको हो।
अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने पक्षमा देखिएका छन्।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि अमेरिका, बेलाया, अस्ट्रेलिया, स्वीस तथा युरोपली युनियनका राजदूतहरुसँग भेट गरेका थिए। प्रचण्डसँगको भेटमा आफूहरु सकारात्मक सहयोग र सद्भाव रहने राजदूतहरुले बताएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation