काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा प्रदेश र स्थानीय तहले चाहेको जस्तो ऐन तथा कानुनहरु नबन्नुमा ओली सरकार दोषी भएको बताएका छन्। २०७४ को चुनावपछि बनेको ओली सरकारले व्यक्तिगत लुछाचुँडीमा अल्झिएर आवश्यक कानुन पनि नबनाएको र कानुन बनाउने थलोलाई नै समाप्त पार्न खोजेको आरोप नेता सिंहले लगाए।
उनले भने, 'यो सरकार बन्नुअघिको सरकाले आवश्यक ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने, आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको छ। अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुन्छ। हाल स्थानीय र प्रदेश सरकारले चाहे अनुसार र संविधानमा व्यवस्था भए अनुसारका कानुन बन्न नसक्नुको कारण ओली सरकार हो।'
निर्वाचनको माहोल सुरु भइसकेको बताउँदै हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको विगत स्मरण गर्दै उनले थपे, 'आगामी निर्वाचन पनि कांग्रेस कै नेतृत्वको सरकारले गर्न लागेकाले निर्वाचन निस्पक्ष हुन्छ भन्नेमा विश्वस्त हुनुस्।'
नेपाल महिला संघका संस्थाप अध्यक्ष मंगलादेबि सिंहको २७ओै स्मृति दिवसको अवसरमा शोभाभगवतिमा शुक्रबार बिहान आयोजित माल्यारपण कार्यक्रममा बोल्दै नेता सिंहले पछिल्ला राजनीतिक घटनाक्रमबारे सबै जानकार रहेको पनि बताएका छन्।
मुलुकको पछिल्लो घटनाकाबाट हुनसक्ने राजनीतिक दुर्घटना रोक्नका लागि हालको अस्थाई अरेजमेनट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएकोसमेत उनले बताएका छन्। उनले भने, 'अब सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नुपर्छ।'
कार्यक्रमा बोल्दै नेता सिंहले स्व. मंगलादेवि सिंहले भने, 'सुरु गरेको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरता स्वरुप अहिले सबै क्षेत्रमा महिला सभागिता सुनिश्चितताको व्यवस्था भएको भन्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहले पुर्याएको योगदानको दिन सम्झन्छु।'
कार्यक्रम नेपाल महिला संघ काठमाडौं जिल्लाले आयोजना गरेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation