९ कार्तिक २०८३, आइतबार

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध असोज २८ गतेसम्म थपियो

  • १४ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध  असोज २८ सम्मका लागि थप गरेको छ। विलासी वस्तुको आयातमा लगाइएको प्रतिबन्धको अवधि असोज २८ गतेसम्म थप गरिएको हो।

सरकारले गत वैशाख १३ गते १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। गत असार ३१ मा प्रतिबन्धको अवधि पुनः थप गर्दै भदौ १४ गतेसम्म लम्ब्याइएको थियो।

वैशाख १३ र असार ३१ मा प्रतिबन्ध लगाइएका १० वस्तुमध्ये ६ वटाको आयात प्रतिबन्ध मंगलबारदेखि हटाइएको छ। तर, ४ प्रकारका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध भने सरकारले हटाएको छैन।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर