जनकपुर- जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ । चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सोमबार उक्त माला लगाइएको हो ।
एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो। कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका झण्डै ६ हजारलाई ओलीले स्वागत गरेको एमाले नेताहरूले दाबी गरेका छन्।
उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्यहरु रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation