काठमाडौं- छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो।
बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन्।
बङ्गलादेशले खेल सुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो। खेलको १८ औँ मिनेटमा सविनाले गोल गर्दै बङ्गलादेशको अग्रता २-० को बनाइन्। त्यसपछि खेलको ३०औं नेटमा श्रीमोतीले गोल गर्दा बङ्गलादेशको अग्रता तेब्बर बन्यो भने खेलको ३५ औँ मिनेटमा रितुले गोल गरेपछि पहिलो हाफमा बङ्गलादेश ४–० ले अघि रह्यो।
त्यसैगरी खेलको दोस्रो हाफमा बङ्गलादेशले थप चार गोल गर्यो। खेलको ५४औं नेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाइन्। खेलको ५७औं मिनेटमा मसुराले गोल गर्दा बङ्गलादेश ६-० ले अघि रह्यो। खेलको ८७औं मिनेटमा तोहोराले गोल गरेपछि बङ्गलादेश ७(० ले अघि रह्यो।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बङ्गलादेशलाई ८–० को जित दिलाइन्। अब बङ्गलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइन खेल्नेछ।
दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिड्नेछन् यसको विजेता फाइनल पुग्नेछ। नेपाल र भारतबीचको खेल आज साँझ ५:३० बजे सुरु हुनेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation