२०८० फागुन ०५ शनिवार
काठमाडौँ- आईसीसी
क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता लिएको छ । ललित
राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई
तेस्रो सफलता दिलाएका हुन् । १५.४
ओभरमा स्याब्रान्ड ललितको बलमा व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।
उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ५६ रन छ ।यसअघि
पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो ।
खेलको तेस्रो बलमा नै सोमपाल कामीले
नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका हुन्। नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स
ओडाउड भने रन आउट भए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation