९ कार्तिक २०८३, आइतबार

समाजवादी केन्द्रको स्थापना जुटे प्रचण्ड र बाबुराम

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सकेसम्म चुनाव अघि नभए चुनावपछि पार्टी एकता गरेर समाजवादी केन्द्र स्थापना गर्ने तयारीमा जुटेका छन्। 

करिब एक दशकपछि नेकपा माओवादी केन्द्रमा फर्किएका बाबुरामलाई भेट्न प्रचणड उनकै निवास पुगेका हुन्। माओवादी केन्द्रले मुलुकलाई रुपान्तरण गर्न सक्दैन भनेर वैकल्पिक राजनीति सुरु गरेका डा. भट्टराई करिब एक दशकपछि माओवादी केन्द्रकै चुनाव चिह्न स्वीकार्ने अवस्थामा पुगेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार डा. भट्टराईको निवासमा डिनरका लागि पुगेका हुन्। शुक्रबार साँझ प्रचण्ड टोखास्थित निवासमा डिनरका निम्ति पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा दुई जनाले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले आफूले रामबहादुर थापा बादलको आग्रहमा नेकपासँग एकता गरेको पनि स्वीकार गरेका छन्।

'बादलजीले केही नयाँ गरौं भन्‍नुभयो। एमालेसँग मिलेर नयाँ प्रयोग गर्न खोजेको, केही नयाँ भएन। हामी आफ्नो बाटो लाग्दा नयाँ नहुँदो रहेछ,' भेटमा प्रचण्डका भनाइ उद्धृत गर्दै मल्लले भने।

आगामी निर्वाचनपछि बाबुराम र माधव नेपालसहितले माओवादी केन्द्रसँग एकता गर्ने आन्तरिक सहमति भएको पनि नेताहरुले बताउने गरेका छन्। उनीहरुले समाजवादी केन्द्र स्थापना गर्न तयारी पनि गरिरहेका छन्।

डा. भट्‌टराईले भनेका छन्, 'ऐतिहासिक जनयुद्धका उपलब्धी संस्थागत हुनुसट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउॅदै गैरहेको सन्दर्भमा क.प्रचण्डसंग गम्भीर वैचारिक-राजनीतिक छलफल भएको छ। जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइशौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड दिइएको छ।'

प्रतिक्रिया

सम्बन्धित खवर