८ कार्तिक २०८३, शनिबार

डा.ठाकुर नाथ पन्त भेट्रान्स फुटबल प्रतियोगिता आजदेखि सुरु

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- प्रथम डा.ठाकुर नाथ पन्त भेट्रान्स फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। किङकम स्पोर्टस् क्लबको आयोजनामा आजदेखि किङकम चौर भिमशेनगोलामा फुटबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको संयोजक  लिलेन्द्र प्र. प्रधानले जानकारी दिए। असोज १० गते सम्म चल्ने लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ। आज भएको पहिलो खेलमा किङकम क्लब 'ए' र गोर्कणेस्वर भेट्रान्स क्लब बीचको खेल गोल रहित बराबरीमा सकिएको छ।

आज नै भएको दोस्रो खेलमा डिल्लीबजार मैतिदेवी भेट्रान्सले पद्मा श्री झापा ११ लाई ३-१ ले पराजित गरेको छ। संस्थाले आफ्नो स्थापना काल देखिनै विभीत्र सामाजिक र मानवीय कार्यहरू गर्दै आएको अध्यक्ष राजेश गुरुङले जानकारी बताए।  

प्रतिक्रिया

सम्बन्धित खवर