काठमाडौं- आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ।
मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि सान मसुद्दले सर्वाधिक ३८ रनको योगदान दिए।
ओपनर तथा कप्तान बाबर अजाम ३२ र मोहम्मद रिजवानले १५ रन बनाए। सद्दाव खानले २० रन थपे। इङल्याण्डका साम कुरानले ३ विकेट झारे।
आदिल रसिद र क्रिस जोर्डनले समान दुई विकेट झारे। वेन स्टोकको नाममा एक विकेट रह्यो। इङल्याण्डले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। पाकिस्तान भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो।
आइतबारको खेलमा जित हात पार्ने टोलीले दोस्रोपटक टी–२० विश्वकप क्रिकेटको उपाधि जित्नेछ। यसअघि पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले सन् २०१० मा टी-२० विश्वकपको उपाधि उचालेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation